Sunday, June 29, 2008

१६. अभियान

अहिले हामी अभियानमा छौ
त्यो कसैलाई थाहा होला
कसैलाई थाहा नहोला
कुन अभियानमा छौ
वा कस्तो अभियानमा छौ भनेर
तर हरेक मान्छेले
चाहेर होस् या नचाहेर होस्
आफ्नो जिन्दगीको
अभियानमा भने
सम्मिलित भैसकेको हुन्छ
वास्तवमा अभियान नै संकल्पको यात्रा हो
कसैले विश्वास नगरेको पनि हुनसक्छ
कसैले संकल्प नवुझेको पनि हुनसक्छ
कसैलाई दायित्व वोध नभएको पनि हुनसक्छ
तर मान्छले जीवन पाएपछि
अभियानमा स्वतह जुटी सकेको हुन्छ
कतिलाई व्यस्तताले थाहा नहोला
कतिलाई वास्तै नहोला
कि जीवन कुन अभियानमा छ भनेर
वा कस्तो अभियानमा छ भनेर
तर कुनै न कुनै अभियानमा
जीवन संलग्न भैसकेका हुन्छ
जव थाहा पाउछौ अभियानलाई
तव शुरुआत भैदिन्छ
अभियानका अनेकौ मोडहरु
अभियानका अनेकौ श्रृङखलाहरु
त्यहि क्षण हरेकलाई दायित्व वोध भैदिन्छ
वा उत्साहहरुले आफै र्छाईदिन्छ
अथवा अभियानले
जिन्दगीको सुरुआत गरीदिन्छ
त्यसैले हरेक मान्छेमा अभियानले
कुनै न कुनै संकल्प जन्माई दिन्छ
हो त्यहि संकल्पले
सपनाहरुको अभियानमा सामेल गर्राईदिन्छ
कतिलाई लाग्दो हो
अभियान नभए पनि जिवन चलिरहन्छ
तर उसलाई त्यहि कुरा आभास नहुन सक्छ
कि जिवन नै अभियान हो भनेर
तर बाच्नुसंग सम्झौता गर्दा
अभियान
अभियान जस्तो नलाग्न पनि सक्छ
तर अभियानले अवोध जिवनलाई पनि
अभियानमा डोर्याएकै हुन्छ
त्यसकारण
कसैले कुनै अभियानमा छुर्इन भने पनि
कसैले कुनै दायित्व महसुस नगरे पनि
कसैले कुनै संकल्प नभएको ठाने पनि
समय र परिस्थितीले
सवैलाई अभियानमा दौडार्इ रहेको हुन्छ
अभियान अभियानै वनेर चलिरहेको हुन्छ
तसर्थ हरेक मान्छेको
जिवन यात्रा नै अभियान हो
त्यो कसैलाई थाहा होला
कसैलाई थाहा नहोला
कुन अभियानमा छौ
वा कस्तो अभियानमा छौ भनेर
तर अभियान भने
सवैको निरन्तर चलिरहेकै हुन्छ

No comments: